Modern slavery help

तपाईंले छानेको जावफको आधारमा भन्नु पर्दा तपाईं आधुनिक दासत्वको शिकार भएको हुन सक्नुहुन्छ ।

तर तपाईं आवश्यक सहायता प्राप्त गर्न सक्नुहुन्छ ।

तल दिइएका संस्थाहरूले आप्रवासी, अस्थायी भिषा वाहक वा भिषाहीन व्यक्ति लगायतका आधुनिक दासत्वका शिकार भइरहेका जो कोहीलाई निःशुल्क जानकारी र सुझाव प्रदान गर्छन् ।

तपाईं आफ्नो रोजगारदातालाई जानकारी नदिइकनै गोप्य रूपमा आफ्नो समस्या राख्न सक्नुहुन्छ ।

निःशुल्क र गोप्य सहायतासम्बन्धी विकल्पका लागि सम्पर्क गर्नुहोस्ः

Australian Red Cross

अष्ट्रेलियाली रेड क्रस

अष्ट्रेलियाली रेडक्रस (रेड क्रस) ले मानव बेच-बिखन, बँधुवा श्रम वा जबरजस्ती विवाहका शिकार भएका व्यक्ति लगायतका अष्ट्रेलियाली आप्रवासीहरूलाई सहायता प्रदान गर्छ । तपाईं निम्न सहायता प्रदान गर्ने सहायता कार्यक्रममा सहभागी हुन योग्य हुन सक्नुहुन्छः

  • मुद्दासम्बन्धी सहायता
  • वित्तीय सहायता
  • रोजगारी सहायता
  • स्वास्थ्य सेवा
  • सुरक्षित आवास खोज्ने सहायता
  • परामर्श र भावनात्मक सहायता

हामी तपाईंलाई सहयोग गर्न सक्ने अन्य संगठन र एजेन्सीसम्बन्धी जानकारी पनि प्रदान गर्न सक्छौं ।

फोन 03 9345 1800

इमेल National_stpp@redcross.org.au

वेबसाइट www.redcross.org.au/stpp

निःशुल्क र गोपनीय कानुनी तथा आप्रवासी सहायताको लागि सम्पर्क गर्नुहोस्:

Anti-Slavery Australia

Anti-Slavery Australia

तपाईं आधुनिक दासत्वको शिकार भइरहनुभएको छ र तपाईंको अष्ट्रेलियाली कार्यस्थलमा गम्भीर शोषण हुन्छ भने Anti-Slavery Australia ले तपाईंलाई निःशुल्क र गोपनीय तथा आप्रवासी सहायता प्रदान गर्न सक्छ ।

Anti-Slavery Australia ले तपाईंलाई निम्न सहायता प्रदान गर्न सक्छः

  • आफ्नो कानुनी अधिकार र विकल्पको बारेमा जान्ने
  • भिषाको लागि आवेदन दिने र अध्यागमन विभागसँग कुरा गर्ने
  • सुरक्षा योजना र अदालती आदेश प्राप्त गरी सुरक्षित रहने
  • कानुनी कारबाही गर्ने
  • परामर्श, आवास र वित्तीय सहायता जस्ता अन्य सहायता प्राप्त गर्ने
  • तपाईंले चाहेको खण्डमा प्रहरीमा रिपोर्ट गर्ने ।

फोन 02 9514 8115

इमेल antislavery@uts.edu.au

वेबसाइट www.antislavery.org.au

कुनै अपराध रिपोर्ट गर्न वा सो अपराधको बारेमा छलफल गर्न सम्पर्क गर्नुहोस्ः

Australian Federal Police

अष्ट्रेलियाली संघीय प्रहरी

अष्ट्रेलियाली संघीय प्रहरी (AFP) ले मानव तस्करी, बँधुवा श्रम वा जबरजस्ती विवाहका शिकार भएका व्यक्तिहरूको संरक्षण गर्छ । तपाईं AFP लाई आफूलाई रेड क्रसमा रिफर गरिदिन पनि अनुरोध गर्न सक्नुहुन्छ । तपाईं AFP सँग आफ्नो समस्या राख्न सक्नुहुन्न भने तपाईं सुझावका लागि रेड क्रसलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

टेलिफोन 131 237 (131 AFP)

वेबसाइट www.afp.gov.au

तपाईंलाई दोभाषे सेवा चाहिन्छ भने तपाईं Translating and Interpreting Service को टेलिफोन 13 14 50 मा सम्पर्क गर्न सक्नुहुन्छ ।

Red Cross pays our respects to the Aboriginal and Torres Strait Islander custodians of the country where we work, and to Elders, past, present and emerging.

Learn about our Reconciliation Action Plan and how we can all make reconciliation real.

This website may contain the images, voices or names of people who have passed away.

Charity donations of $2 or more to Australian Red Cross may be tax deductible in Australia. Site protected by Google Invisible reCAPTCHA. © Australian Red Cross 2025. ABN 50 169 561 394